छुट्टाछुट्टै ठाउँमा दुई वटा पुरुषको शव भेटियो

सहयात्रा टिभी

काठमाडौं । माघ १०, मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको जानकारी प्राप्त भएको छ । कैलाश गाउँपालिका-६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी-४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

यसैगरी हेटौंडा उपमहानगरपालिका-१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्