राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि कांग्रेसबाट आचार्यले उम्मेदवारी दिने

सहयात्रा टिभी

काठमाडौं । माघ ११, लुम्बिनीमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएको छ ।

आज बिहानमात्र कांग्रेसले रोल्पाका पूर्व सभापति आचार्यको नाम टुंगो लगाएको हो । उनले बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्नेछन् । यस्तै, सत्तारूढ दलबाट नेकपा (एमाले) का कुमार दसौदीले उम्मेदवारी दिनेछन् ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिने भएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

प्रकाशित : 25 January, 2023

प्रतिक्रिया दिनुहोस्