हिमपातपछि चिसो छल्न हिमाली जिल्लाका भेडीगोठ औल झरे

सहयात्रा टिभी

काठमाडौँ । माघ १२, हिमाली जिल्ला सङ्खुवासभाका माथिल्लो खर्कमा रहेका भेडीगोठ चिसो छल्न औलमा झरेका छन् । हिमाली खर्कहरुमा हिमपातपछि चरनको अभाव हुने भएकाले गोठ औल झारिएको हो । माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वनजङ्गल र पाखाबारीमा भेडीगोठ झारिएको जानकारी प्राप्त भएको हो ।

गोठमा भाउ, खसी, साढ, पाठापाठी गरी करिब सात सयभन्दा बढी भेडा रहेका स्रोतले जनाएको छ । वार्षिक रुपमा भेडा खसी र पाठापाठी गरी एक सयभन्दा बढी भेडा बिक्री हुने गरेको जानकारी प्राप्त भएको छ । वर्षमा दुई पटक भेडीगोठ लेकबेसी गर्ने गर्छन् ।

हिउँदमा चिसोबढे पछि उद्यौली औल अर्थात् बेसी झारेर भेडीगोठ राखिन्छ भने बर्खा लागेपछि उभौली अर्थात् लेक खर्कमा लगेर भेडीगोठ राख्ने गरिन्छ । बर्सातको समयमा लेक र हिउँदको समय बेसी गर्ने उनीहरुको परम्पराजस्तै हो । पुस र माघ दुई महिना भेडीगोठ गाउँनजिकै सिम्मागाउँ वरपरको खेत र बारीमा नै राख्ने गरिन्छ ।

 

प्रकाशित : 26 January, 2023

प्रतिक्रिया दिनुहोस्