का .म.न.पा.का नयाँ नगर प्रहरीले तीन महिनादेखि तलब नपाएको गुनासो

काठमाडौं । माघ १३, काठमाडौं महानगरपालिकामा नयाँ नगर प्रहरीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कम्पनीमार्फत गएका १३० जना नगर प्रहरीमा कार्यरत छन् ।
प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले एक वर्षका लागि १६२ जना नगर प्रहरी राख्ने गरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।
कम्पनीले पठाएका ३५ जनाभन्दा बढीलाई महानगरले अयोग्य भनेर फिर्ता पठाएको थियो । नगर प्रहरीका रुपमा काम गरिरहेकाहरुले पनि तलव र पोशाक पाएका छैनन् । सम्झौताअनुसार कम्पनीले मासिक २० हजार ५३२ दिनुपर्छ । भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।
तर न कम्पनीले तलब दिएको छ, न महानगरले पोशाक ड्युटीमा खटिने गरेका एक नगर प्रहरीले स्रोतलाई जनाए । महानगर प्रहरीका प्रमुख राजु पाण्डे भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाउने बताउँछन् । यससम्बन्धी महानगरले निर्णय गरेर पठाएको जानकारी दिएका छन् ।