रवि लामिछानेको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ । माघ १४, रवि लामिछानेको समर्थनमा काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ ।
सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले आज विहान माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए । प्रक्रिया पूरा नगरी नागरिकतालाई पुन प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेको थियो ।