टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौँ । माघ १४, विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । पोखरा रंगशालाको कभर्ड हलमा एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जित निकाल्यो । तेस्रो सेट र चौथो सेटमा एपीएफले २५–८ र २५–२२ को जित निकाल्न सफल भयो ।
साबिकको बिजेता रहेको च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले भने २ लाख ५० हजार नगद जितको छ । शनिबार नै पुरुष तर्फको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचमा खेल हुनेछ ।