धनकुटा महोत्सवमा झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते

धनकुटा । माघ १५, धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित दुई दर्शक दर्शक घाइते भएका छन्।
गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। अन्य केही घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शकबीच मेलामा प्रवेशको विषयलाई लिएर झडप भएको थियो। धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा भइहेको महोत्सवमा दर्शक नअट्ने अवस्था आएपछि आयोजकले प्रवेशद्धार बन्द गर्न लगाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।