दमकको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौँ क्षति

सहयात्रा टिभी

काठमाडौं । माघ १५, दमक–६ मा रहेको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएको फर्निसिङमा हिजो बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको स्रोतबाट जानकारी प्राप्त भयो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका जानकारी प्राप्त भयो ।  स्रोतका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगो निभाइएको हो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

 

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्