गण्डकी तटबाट विधिपूर्वक ल्याइएको शिला जनकपुरधामबाट अयोध्या लगिने

सहयात्रा टिभी

काठमाडौं । माघ १५, भारत उतर प्रदेशको अयोध्या लगिने श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक ल्याइएको देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो ।


देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्