पोखरामा फेरि एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । माघ १५, पोखरामा एक युवकले आत्मदाह गर्ने प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै फेरि आज पोखरा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।
ती युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले सोहि घरभित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएका छन ।
घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको जनार्ईएको छ ।