धनुषामा हिरासतबाटै भागे ६ जना अभियुक्त

सहयात्रा टिभी

धनुषा ।  माघ १६, धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् । गएराति हिरासत तोडेर ६ अभियुक्त फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार फरार हुनेमा दुईजना हातहतियार, दुईजना लागुऔषध र दुईजना अन्य मुद्दामा हिरासतमा रहेकाहरू हुन् । उनीहरूको तीव्र खोजी भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्