माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्