प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपमन्त्री नुल्याण्डको शिष्टाचार भेट

काठमाडाै । माघ १६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार विहान अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डले शिष्टाचार भेट गरेकि छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि प्रधानमन्त्रीसँग अमेरिकी प्रतिनिधिमण्डलको भेट भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्डसँगको भेटमा एमसीसीसहित दुई देशबीचको सम्बन्ध विस्तार तथा समसामयिक विषयमा भेटवार्ता भएको हो । नुल्याण्डसँगै नेपालस्थित अमेरिकी राजदूताबासका प्रतिनिधि तथा अन्य सदस्यको सहभागिता थियो ।