निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

 

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्