सुरज सिंह ठकुरीले हिमालय रोडिजको पाँचौं सिजनलाई होस्ट गर्ने

काठमाडौँ । माघ १६, टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन-५ को औपचारिक घोषणा समेत भयो ।
आफ्नो बुद्धि, ध्यान र मन यो कार्यक्रममा लगाउने भन्दै उनले रोडिजको नयाँ सिजनलाई चुनौतीको रुपमा लिएको बताए । पत्रकार सम्मेलनमा शो निर्देशक सिमोस सुनुवारले ठकुरीसँग काम गर्नुलाई आफ्नो भाग्यको रुपमा लिए ।
हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए ।