स्रोत नखुलेको ४ लाख नगदसहित साह पक्राउ

महोत्तरी । माघ १७, स्रोत नखुलेको ४ लाख नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मनराशिस्वा नगरपालिका २ कट्टिगाउँस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी बेलाथाना, सिरसिया गाउँ बस्ने ३० वर्षीय अनिकेत साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० भि १७३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।