प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता

काठमाडौं । माघ १७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।
मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको हो ।
उहाँले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ ।