काठमाडौँको बौद्धमा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । माघ १८, काठमाडौँको बौद्ध फूलबारीमा आगलागी भएको छ । प्रहरीका अनुसार गएराति सवा ९ बजे काठमाडौँ महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो ।

आगो एक घण्टापछि निभ्याइएको थियो । आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 1 February, 2023

प्रतिक्रिया दिनुहोस्