‘केजीएफ’को पीएचएफले ‘ह्यारीकी प्यारी’लाई चार देशमा रिलिज गर्ने

काठमाडौं । माघ १८,नेपाली फिल्म ‘ह्यारीकी प्यारी’लाई ‘केजीएफ’ र ‘आरआरआर’जस्ता चर्चित भारतीय फिल्मको मध्यपूर्व वितरक पीएचएफले नेपाली वितरण गर्ने भएको छ ।
उसले आगामी १६ फेब्रुअरी (फागुन ४)मा साम्राज्ञी शाह र जितु नेपाल स्टारर फिल्मलाई मध्यपूर्वका चार देशको २२ पर्दामा रिलिज गर्ने भएको छ ।
कम्पनीले बुधबार सार्वजनिक गरेको सूचीमा युएईका १३, ओमानको १, कतारका ७ र बहराइनको एक मल्टिप्लेक्सको नाम समावेश छ जहाँ ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुनेछ ।
पार्स फिल्मको मोसन पिक्चर्स ट्रेन्डिङ एण्ड डिष्ट्रिब्यूसन को (पीएचएफ)लाई मध्यपूर्वको प्रतिष्ठितमध्येको फिल्म वितरण मानिन्छ जसले चर्चित भारतीय र हलिउड फिल्मको वितरण गरिसकेको छ ।नेपालमा भने यो फिल्म शुक्रबार देशब्यापी रिलिज हुँदैछ ।