बेटिसमाथि बार्सिलोनाको जित, रियल मड्रिड ८ अंकले पछि

सहयात्रा टिभी

काठमाडौं । माघ १९, रियल बेटिसमाथि बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ। ला–लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले बेटिसमाथि २–१ को जित निकालेको हो।

बार्सिलोनका जितमा राफिन्हा र रोबर्टो लेवान्डोस्कीले एक/एक गोल गरे। बेटिसको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६५ औं मिनेटमा अलेजान्द्रो बाल्डेको क्रस पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

८० मिनेटमा बार्सिलोनाले पाएको कर्नरमा डिफेन्डर रोनाल्ड आराउजुको हेड पासमा लेवान्डोस्कीले गोल गरे। ८० मिनेटमा बेटिस २–० ले पछि परेको थियो। ८५ औं मिनेटमा डिफेन्ड कुन्डेले बल क्लियर गर्ने क्रममा बार्सिलोनाले आत्मघाती गोल खायो। बाँकी समय दुवैतर्फबाट गोल हुन नसकेपछि खेल २–१ मा सकिएको थियो।

खेलको म्यान अफ द म्याच बाल्डे भए। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अंक दूरी बढाएको छ। १९ खेलबाट ५० अंक जोड्दै बार्सिलोना लिगको शीर्ष स्थानमा छ।

बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल मड्रिड बार्सिलोना भन्दा ८ अंकले पछि छ। रियलको ४२ अंक छ। रियलले बिहीबार राति भ्यालेन्सियालसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्