नेपालबाट पनि हेर्न सकिने ५० हजार वर्षपछि पृथ्वीको नजिकै आयो पुच्छ्रेतारा

सहयात्रा टिभी

काठमाडौं । माघ १९, पृथ्वीको नजिकै ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा आएको छ । हरियो पुच्छ्रेतारालाई यो हप्ताभरी नेपालबाट पनि दूरबिनको सहायताले देख्न सकिने खगोलविद्ले बताएका छन् ।

तर, सहरी क्षेत्रबाट भने देखिने सम्भावना कम छ । यो पुच्छ्रेतारा हेर्नका लागि अग्लो ठाउँमा जानुपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । खगोलशास्त्रीका अनुसार मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि पुच्छ्रेतारा हेर्न सकिन्छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा गएको वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो ।

त्यतिबेला यो पिण्ड वृहस्पति ग्रहको कक्षभित्र थियो । वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा बरफ, धुलो र चट्टान मिलेर बनेको हुन्छ । उत्तरी गोलार्द्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ ।

 

 

 

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्