नेपाल पत्रकार महासंघ सहसचिव चौधरीको निधन

धनकुटा । माघ १९, नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति करिब १ बजे चौधरीको निधन भएको हो ।
रेडियो भेटेटारका स्टेशन मेनेजर समेत रहेका ३५ वर्षीय चौधरी पिशाबमा संक्रमण भएपछि बुधवार उपचारको लागि धरान गएका थिए । उपचारको क्रममा अचानक उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । सहसचिव चौधरी धनकुटाको सिनेमा हलका सञ्चालक समेत थिए ।
उनको पार्थिव शरिरलाई राति नै धनकुटास्थित निवासमा ल्याइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । उनको पार्थिव शरिरलाई आज दिउँसो १२ बजे धनकुटाको मुलघाटमा अन्त्येष्टि गरिने उनको परिवारले जनाएको छ । चौधरीको श्रीमति एक छोरा र छोरी रहेको छ ।