कतारमा नेपालीले जिते ८२ करोडको चिठ्ठा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । माघ २१, कतारमा रहदै आएका नेपाली रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात ८२ करोड ७० लाख रुपैयाँ भन्दा बढीको चिठ्ठा जितेका छन् ।
पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका थिए ।
उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका पालले उक्त सम्पूर्ण रकम नेपालमा अवस्थित परिवारलाई पठाउने बताएका छन् । ‘मलाई विश्वासनै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ उनले भनेका छन् ।
उनले विगत १५ महिना दखि चिठ्ठा खरिद गर्दै आएका थिए । उनी भन्छन् ‘ नगद , सुन , गाडी प्राप्त गर्नमा मेरो भाग्य आजमाउनको निमित्त मैले चिठ्ठा खरिद गर्दै आएको थिए ।’यस अघि दुबईमा कार वाशरको रुपमा कार्यरत नेपाली ३१ वर्षिय भरतले पनि २२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए । वैदेशिक रोजगारका लागि दुबई कतार लगायतका देशहरुमा पुगेका नेपाली तथा अन्य तेस्रो मुलुकका कामदारहरुमा यस किसिमको भाग्य चिठ्ठा किन्ने ‘ट्रेण्ड’ बढ्दो रहेको छ ।