७ वर्षीया छोरी संगै ४२ वर्षीया बुबा पुरानो बानेश्वरमा मृत भेटिए

काठमाडौं । माघ २२, काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीया किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको जानकारी प्राप्त भएको छ ।
बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको प्रारम्भिक अनुसन्धान बाट बुझीएको छ । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।
प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।
त्यसक्रममा घटना अपराह्न ३/४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए ।