कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याललाई समर्थन गर्ने

सहयात्रा टिभी

काठमाडौं । माघ २२, नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

 

 

 

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्