कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने
सहयात्रा टिभी
काठमाडौँ । माघ २२, नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको बताए ।


