चिलीमा लागेको डढेलोका कारण अग्नि नियन्त्रकसहित ११ को ज्यान गयो
काठमाडौ । माघ २२, चिलीका दर्जनौँ जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ ।
राजधानी सान्टियागोबाट झण्डै ५ सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित ११ जनाले ज्यान गुमाएका छन् ।
आगो फैलन नदिन अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमानले प्रयास गरेका छन् । आपत्कालीन सहयोगमा पुगेको हेलिकप्टर समेत दुर्घटना भएको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिनुभएको छ ।
पछिल्लो विवरण अनुसार विभिन्न ठाउँमा भएको आगलागीमा परि ९ सय ७९ जना मानिस घाइते भएका छन् । आगलागी भएका क्षेत्रका ११ सयभन्दा धेरै मानिसलाई सुरक्षित आश्रयस्थलमा राखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले डढेलो लागेका क्षेत्रमा आपत्कालीन आदेश जारी गरेको छ ।
आगो निभाउन थप सेना परिचालन गरिएको छ । गर्मीको लहरले आगो निभाउने प्रयास थप जटिल बनाएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन स्थिति थप बिग्रने चेतावनी दिएको छ ।