पाकिस्तानी सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको दुबईमा निधन

सहयात्रा टिभी

काठमाडौ । माघ २२, पाकिस्तानका पूर्व सैन्य राष्ट्रपति एवम् सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको निधन भएको भएको छ ।

सैन्यबाट शक्तिमा आएका ७९ वर्षका मुशर्रफको निधन भएको बीबीसीले जनाएको छ । केही समयदेखि बिरामी परेका मुशर्रफ यूएईको दुबईमा उपचाररत हुनुहुन्थ्यो ।

मुशर्रफको जन्म सन् १९४३ मा दिल्लीमा भएकोमा १९४७ मा भारतको विभाजनपछि उहाँका अभिभावकहरू पाकिस्तानमा बसाइँ सरेका थिए ।

सन् १९९८ मा सेना प्रमुख नियुक्त भएका मुशर्रफले त्यसको एक वर्षपछि देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाउनुभएको थियो ।

सन् २००८ को संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि महाभियोग छल्न मुशर्रफले राजीनामा दिएर देश छाड्नुभएको थियो ।

 

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्