मिर्गौला प्रत्यारोपण कर्णालीमा पहिलो पटक सफल

काठमाडौ । माघ २२, कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो ।
अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।