प्रधानमन्त्री प्रचण्डले संसदबाट २० वटा विधेयक पास गर्ने प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐनजस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा झन्डै २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयक संसदबाट पास गर्ने भन्नेबारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिनुभएको हो ।

 

प्रकाशित : 6 February, 2023

प्रतिक्रिया दिनुहोस्