नेपाल राष्ट्र बैंक : शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा
सहयात्रा टिभी
काठमाडौँ । माघ २३, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ ।
अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति र संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।