डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह

सहयात्रा टिभी

काठमाडौं । माघ २४, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् ।

 

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

कोइरालाले भने, ‘तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु पर्‍यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।’

उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए ।

नेता कोइराला भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’

 

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्