भारतको ओशिवारा प्रहरीले राखी सावन्तका पति आदिललाई पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २४, राखी सावन्तका पति आदिल खान दुर्रानीलाई भारतको ओशिवारा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति राखीले आदिलविरुद्ध विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले मंगलबार आदिललाई राखीको घरबाट पक्राउ गरेको हो ।

आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् ।

प्रहरीमा एफआईआर दर्ता गर्नुअघि मिडियासँग कुरा गर्दै राखीले आदिलले आफूबाट घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको बताइन् ।

राखीले लामो समयदेखि आदिलले आफूलाई यातना दिइरहेको समेत बताइन् । ‘उनले मलाई बलिउडमा नाम कमाउन प्रयोग गरेका छन् ।

मसँग भएको सबै पैसा लिएर गए,’ राखीले भनेकी छन् । यससँगै आदिलले आफू राखीसँग अलग भइसकेको र प्रेमिकासँग सँगै बस्न थालेको समेत प्रहरीसामु राखीले बताएकी छन् ।

 

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्