भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

सहयात्रा टिभी

एजेन्सी । माघ २५, टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ । सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो ।

भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । भूकम्पपछि टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आवद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए । उनले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए ।

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्