विप्लव : मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा  

सहयात्रा टिभी

काठमाडौं । माघ २५, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् ।

ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए ।

शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे ।

युवापुस्तामा रहेको निराशा गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको उनले बताए ।

 

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्