राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

सहयात्रा टिभी

काठमाडौं । माघ २५, लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छ ।

बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए ।

 

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्