नेपालबाट मेडिकल टिम र खाद्य सामग्री टर्की पठाउने निर्णय

सहयात्रा टिभी

काठमाडौं । माघ २५, टर्कीमा भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौँ बैठकले यो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्