माओवादी केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ २६, स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुङ्गो लगाए लगत्तै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिइएको छ ।सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बुझिएको छ।

प्रकाशित : 9 February, 2023

प्रतिक्रिया दिनुहोस्