सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । माघ २६, सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् ।

तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।

 

प्रकाशित : 9 February, 2023

प्रतिक्रिया दिनुहोस्