अल नसरको जितमा रोनाल्डोको ४ गोल

सहयात्रा टिभी

काठमाडौं । माघ २७, साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४(० गोल अन्तरले हराएको हो ।

अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् । जितसँगै नसर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्