राष्ट्र बैंकले सक्रिय कर्जामा साना व्यवसायीलाई सहुलियत

सहयात्रा टिभी

काठमाडौ । माघ २७, नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो । यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्वित हुने भएका छन् ।

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्