झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

सहयात्रा टिभी

झापा । माघ २८, झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको विर्तामोड नगरपालिका ७ बाह्रघरे बस्ने ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो । श्रेष्ठको शौचालय जाने क्रममा जंगली हात्तीबाट सुरक्षाका लागि जडान गरिएको विद्युतीय तारबाट प्रवाह भएको करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 11 February, 2023

प्रतिक्रिया दिनुहोस्