बाराको जीतपुर सिटी मार्केटमा आगलागीबाट लाखौंको क्षति

सहयात्रा टिभी

काठमाडौं । माघ २९, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान छ ।

आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँचरपाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमशस् २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो रु भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

व्यापारी मनोज साहले आगो लागेको देखेपछि होहल्ला गरेर मान्छे जम्मा पारेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

 

प्रकाशित : 12 February, 2023

प्रतिक्रिया दिनुहोस्