स्पेनिस ला लिगा: बार्सिलोनालाई ११ अङ्कको अग्रता

सहयात्रा टिभी

एजेन्सि । फाल्गुन १, स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको छ। २६ पटकको लिग च्याम्पियन बार्सिलोनाले जारी सिजन उपाधि होडमा बलियो देखिएको छ।

आइतबार बार्सिलोनालाई जित दिलाउन पेड्रीले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित हो। गत डिसेम्बरमा रियल म्याड्रिडसँग पराजित भएयता बार्सिलोना अपराजित रहेको छ। रियल म्याड्रिडभने १५ फेब्रअरीमा लिगमा फर्किदै छ। क्लब विश्वकप जितेको रियल म्याड्रिडका लागि ला लिगाको उपाधि होडमा फर्कनु पर्ने चुनौती रहेको छ।

खेलमा बार्सिलोनाले १८ औं मिनेटमा अग्रता बनाएको थयो। रोवर्ड लेवान्डोस्कीको पासलाई पेड्रीले गोल गर्दा बार्सिलोना खेलमा अघि रह्यो। त्यसपछि दुबै टिमले थप गोल गर्न सकेनन्।

खेलमा बार्सिलोनाले थप गोलका केही राम्रा मौका सिर्जना गरेपनि गोल गर्न असफल भएको थियो। आइतबारनै भएको खेलमा एट्लेटिको म्याड्रिडले सेल्टाभिगोलाई १-० ले पराजित गरेको थियो। जितपछि बार्सिलोनाले २१ खेलबाट ५६ अङ्क बनाएको छ।

त्यस्तै दोस्रो स्थानको रियल म्याड्रिडले २० खेलबाट ४५ अङ्क बनाउँदा तेस्रो स्थानको रियल सोसिडाडले ३९ तथा चौंथो स्थानको एट्लेटिको म्याड्रिडले ३८ अङ्क बनाएको छ।

प्रकाशित : 13 February, 2023

प्रतिक्रिया दिनुहोस्