ओली : चुनावअघिको गठबन्धन तोड्न सफल भए पनि ढुक्क हुन नसकिने

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन २, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताएका छन् ।

मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यो स्थिति फेरिन सक्ने संकेत गरेका छन् ।

संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ ।

एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’ अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताए ।

 

प्रकाशित : 14 February, 2023

प्रतिक्रिया दिनुहोस्