नेप्से आज उच्च अङ्कले ओरालो लागो

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन २, शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : 14 February, 2023

प्रतिक्रिया दिनुहोस्