मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

सहयात्रा टिभी

माेरङ । फागुन ३, मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिए । अभियान १४ दिनसम्म चल्ने उनले बताए ।

गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन् । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिए केहीबेर आराम गर्न डाक्टरको सुझाव छ । तर, समस्या जटिल बन्दै गए उपचारमा जान डाक्टरको सल्लाह छ ।

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्