पहिलो पटक पुग्यो बस डोटीको बोगटानमा फूलमालाले स्वागत

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेकोजानकारी प्राप्त भयो ।

गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो । वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति छिडिखान पुगेको हो ।

पहिलो पटक बस पुगेपछि दंग परेका स्थानियबासिन्दाले चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सार्वजनिक बस छिडिखान पुर्‍याइएको हो ।

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्