निलम्बित सांसद चौधरीले आज अदालतमा बयान दिने

सहयात्रा टिभी

कैलाली । फाल्गुन ३, निलम्बित सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ।

१९ माघमा बाँकेबाट पक्राउ परेका निलम्बित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।

सोही बन्दी प्रत्यक्षीकरण रिटमा २९ गते देश बहादुर सार्कीको इजलासले चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने बताइएको छ।

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। फरार चौधरी सांसद भइसके पछि प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्