आजदेखि सीता एअरले दाङ–काठमाण्डौ उडान सुरु
सहयात्रा टिभी
काठमाडौं । फागुन ३, सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले आफ्नो जहाज भाडा घटाएको छ ।
सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो ।
यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो । सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।